सीके राउतलाई १० दिन थुनामा राख्न आदेश

ck rautकाठमाडौं : स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राख्न आदेश दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए । यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए । यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ । संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित