सिअाईबीको निर्देशनमा तीन अनलाइन ब्लक, महासंघको आपत्ति

cibblakकाठमाडौं । केही दिनयता पत्रकार तथा सञ्चारमाध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुन जाने उल्लेख गरेको छ।

 दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहज रुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरेको छ। समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम, दियोपोस्ट डटकम, आर्थिक न्युज डटकम लगायतका केही अनलाइन बन्द गरिएको जानकारी आएकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ  ।

 प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिअाईबी)का प्रमुख डिआइजी नवराज सिलवाल विरुद्ध समाचार लेखेको भन्दै केही दिन यता नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क , सुविसु र हिमालयन अनलाइन सर्भिस  मार्फत अनलाइन नखुलेको भन्दै उजुरी परेपछी महासंघले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप भएको भन्दै  विज्ञप्ति निकालेरबिरोध जनाएको हो । नेपाल दुर सँचार प्राधिकरणका प्रबक्ता अचुच्तानान्द मिश्रले सिअाईबीको निर्देशनामा ति अनलाइन ब्लक गरिएको माइन्युज नेपालसँग बताए ।

प्रतिक्रिया

सम्बन्धित