पाँचखालमा दोस्रो कार्यकालका लागि छानिए महेश खरेल, उपप्रमुखमा एमाले उम्मेदवार विजयी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।
अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए ।
त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित गरिन् । गौतमले ९ हजार १० मत ल्याए ।
योसँगै काभ्रेमा सबै पालिकाको मतपरिणाम आइसकेको छ । काभ्रेमा १३ पालिकामध्ये ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले एक÷एक पालिका जितेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया