भरतपुरमा रेणुले कटाइन् २० हजार, सुवेदीसँग लिइन् ३३१० को अग्रता

Renu

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाएकी छन्।

पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएकोमा रेनुले २०४९२ मत ल्याएकी हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्।

अहिले गणना भएको वडा नम्बर ११ मा एमालेका सुवेदीले २४९७ मत ल्याएका छन्।

सुवेदीभन्दा कम मत पाएकी रेनुले यो वडामा १९३१ मत पाएकी छन्।

Comments

Top