सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं :  उपाध्यक्ष शर्मा

hemraj

hemraj

लण्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् । 

संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशकदेखि मौलाएको पावर, पैसा र  पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताए ।

शर्माले संघको निर्वाचन रोक्न  परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् । 

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्विकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्विकार गर्नु पर्ने स्थिति आएको बताए । 

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् । 

शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित