एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमानउपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चितभएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्रउम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्येविभिन्न १५ पदमा निर्विरोध चयन भएका छन् ।
हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६जना रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेद्वारीपरेको छ । खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराजअधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री ( ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान)ले उम्मेद्वारी दिएका छन् ।यीमध्येबाट अत्याधिक मत ल्याउने चारजना मात्र निर्वाचित हुनेछन् ।
यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमाअफ्रिकाबाट रोशन थापाको उम्मेद्वारी परेको थियो । दोहोरो उम्मेद्वारीनपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।
महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीचप्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकरखड्का र क्यानाडाबाट चिरन्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । यीमध्येबाटतीन जना निर्वाचित भएर आउनेछन् ।
महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टीका)को एकल उम्मेद्वारीपरेकोले निर्विरोध चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा बेल्जियमबाटलोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ। यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयनभएका छन् ।
त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइलेपाएकी हुन् । त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमारविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यता ५ क्षेत्रीय संयोजक पनि निर्विरोध चयन भएका छन् । मध्यपूर्वसंयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासिफिकमा पारसमणि पोखरेल, युरोपसंयोजकमा सन्तोष कुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन् ।
ओसेनिया क्षेत्रीय संयोजकका लागि भने तीनजनाले उम्मेद्वारी दिएका छन् ।न्युजिल्याण्डका लालबहादुर केसी तथा अष्टे«लियका दिपक शर्मा र दिनेशराजजोशीबीच प्रतिस्पर्धा हुने भएको हो ।
युरोप उपसंयोजक तीन पदको लागि चारजनाको उम्मेद्वारी परेकोमा सागरसुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराजरोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ ।ददिवल खड्का (जापान), नविन विक (चीन) र हरिप्रसाद भट्टराई (मलेसिया)बीचप्रतिस्पर्धा हुने भएको हो ।
त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तमबोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमातीनजनाबीच प्रतिस्पर्धा हुनेछ । लालप्रसाद पुन (बहराइन), अमित राई (कुवेत) रकृष्णबहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो ।
यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमाअशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । यस्तै सबै क्षेत्रका महिलासंयोजक निर्विरोध चुनिएका छन् । जसमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्लयुरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक, उषा किरण बरिया ओसेनिया रहेकाछन्।
यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा.इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीययुवा संयोजकमा किरण गुरुङ युरोप, स्वराज खाती क्षेत्रीय युवा संयोजक, दिपकप्रसाद कंडेल एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीपरुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबटलिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।
संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदै छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया