​आईजीपीको अन्तिम छिनोफानो आज

ilitकाठमाडौं । आईजीपी नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा प्रहरी नियमावलीको नियम ४१ को व्यापक व्याख्या भइरहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

इजलासको आईजीपी नियुक्तिको निर्णय गर्दा नियम ४१ मा भएको प्रावधान निर्णयमा देखिनुपर्ने वा नपर्ने भनी कानुन व्यवसायीहरुलाई प्रश्न गरिरहेको छ ।

सरकार तथा आईजीपीमा नियुक्तिको निर्णय भएका डीआईजी जयबहादुर चन्द र सरकारका कानुन व्यवसायीहरुले नियम ४१ बमोजिम सरकारले निर्णय गर्दा अदालतले कुनै पनि प्रश्न गर्न नसक्ने जिकिर गरेका छन् ।

डीआईजी चन्दलाई आईजीपी बनाउन नहुने र बनाउुपर्ने भनेर हालसम्म ३८ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । उनीहरुमध्ये प्रायले प्रहरी नियमावलीको नियम ४१ को आफ्नै तवरले व्याख्या गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित