११८१० को परिक्षण गर्दा देशभर थप ३१५ मा संक्रमण पुष्टी, २ को मृत्यु

Corona_Test
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ११ हजार ८ सय १० नमुनामध्ये उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै गत २४ घन्टामा देशभरबाट ३ सय ४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय५ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै गत २४ घन्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर १ लाख २७ हजार ७५३ जनालाई कोभिडविरुद्धको खोप लगाइएको पनि जनाइएको छ ।
अहिलेको अवस्थामा नेपालमा ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया