नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले गरे थप ३ वर्षको सम्झाैता

Almutire

Almutire

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थप तीन वर्षे सम्झौता गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरीले तीन वर्षे सम्झौता गर्ने भएका हुन् ।

पछिल्लो समय प्रशिक्षक अल्मुताइरी र एन्फा पदाधिकारीहरुबीच केही विवाद देखिएको थियो। साथै, प्रशिक्षक अल्मुताइरी साफ च्याम्पियनसिपका बेला नेपाली मिडियाहरुसँग रुष्ट बन्दै नेपाल नफर्किने घोषणा गरेका थिए।

प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपालले साफ फुटबलमा ऐतिहासिक छलाङ मार्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित