देशभर थप ६७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६७२ जना कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका९ हजार ४९५ नमूना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४९५ जना कोरोनामुक्त भएका छन् ।यससँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १ सय २५पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभरमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८० पुगेको छ।

 

Comments

Top