टी–२० विश्वकपः पाकिस्तानको लगातार दोस्रो जीत

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ ।
न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८।४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गरे ।
न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एकरएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २५ रन जोडे ।
पाकिस्तानका हरिस राउफले चार विकेट लिए भने शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एकरएक विकेट लिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_skKoHwDBmN_syky1qyvyedqoyvakeuasghhiizcf7lz8k6ambqjmdk7mkydt2g7w2wjg7oa.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_snHh3cQXru_t5z8gbai562qxcllr3sddzaqlzwd4kf8n0zzgsrpeix2mvgj49xsthty9nwe.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_6hlLFmY38n_giusqg624d4j5fyyhhya1a1plmojmpriap5zbaseis3d0zvrtcmh2qq3rfnq.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_qcUNG4AWuE_fafzo4vwahtctw2yxrmggzitz55b1vizwjltrmvjrlkbavbp1ue9mzilhn8s.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_6eVItf8xkk_aeqoacrozjausxkwthas1e54nrr60mymwv0h3po4muvdanpretivg9xgrbfe.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_s5T1LnAMyt_sehz5oajjbq90vm117tnh38nnv2rwliroj9k1khoofmy3lpvibl4pk1mfwbm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ELNoOcZxpR_agzsrtrrd178fyeclgin9h993nkivqeinrcwdloziagultcrozq4mzbyowhi.jpg)
प्रतिक्रिया