मुक्तिनाथ बैंकलाई 'ग्लोबल एसएमई अवार्ड'

Muktinath

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको ‘जी–२० ग्लोबल पार्टनरसीप फाइनान्सियल इन्क्लुसन’बाट मुक्तिनाथ विकास बैक ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा सम्मानित भएको छ ।

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।

सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघ संस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्‍याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एसिया’ विधामा सम्मानित गरिएको हो ।

उक्त सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लागि उत्साहित बनाएको छ । बैंकले यसअघि ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ हासिल गरेको थियो ।

Comments

Top