देशभर थप ७७६ जनामा कोरोना पुष्टी, १३ जनाको मृत्यु

Nepal_Corona_MN

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७७६ जना कोरोना संक्रमित  थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८६४ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गरी गत २४ घन्टामा देशभर ५०१ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा ७ लाख ८८ हजार ८ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

Comments

Top