म पनि सभापतिमा उठ्छु: वरिष्ठ नेता पौडेल

Ramchandra poudel

Ramchandra poudel

 

बाँके ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए ।

प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ, उनले भने, कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँउनले भने । उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उनले बताए ।

पार्टीको अधिवशेन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ, पौडेलले भने, वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तिलाई दोहो¥याउन नहुने सुझाव दिए ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितिले कस्तो आउँछ, त्यतिखेर नै निर्णय होला ।

प्रतिक्रिया

सम्बन्धित