कम जोखिम भएका देशका नागरिकहरुलाई थाइल्याण्डले यात्रा अनुमति दिने

Thailand
थाइल्याण्डले कम जोखिम भएका देशहरुलाई यात्राको अनुमति दिने भएको छ । १ नोभेम्बरदेखि कोरोना भाइरसको महामारी कम भएका १० देशको प्रतिबन्ध हटाउन लागेको हो । पूर्ण रुपमा खोप लगाएका यात्रुहरुलाई क्वारेन्टाइन बस्न नपर्ने गरी थाइल्याण्डले यात्राको अनुमति दिन लागेको बीबीसीले जनाएकोछ ।
सोमबार क्वारेन्टाइन बस्न नपर्ने गरी खोप लगाएका विदेशी आगन्तुकहरुलाई स्वागत गर्ने प्रधानमन्त्री प्रयुथ चान–ओचा बताएका हुन् । कम जोखिम ठानिएका बेलायत, चीन, जर्मनी र अमेरिका रहेका छन् । थप देशको सूची अक्टोबरको अन्त्यसम्म उपलब्ध हुने उल्लेख छ ।
यद्यपि सूची बाहिरका देशहरुबाट समेत आगन्तुकहरु थाइल्याण्ड भ्रमण गर्न पाउनेछन् । तर उनीहरुले क्वारेन्टाइन बस्नुपर्ने छ । प्रयुथले थाइल्याण्डले १ डिसेम्बरमा मनोरञ्जन स्थलहरु पुनः खोल्ने र अल्कोहल बिक्री गर्नसमेत अनुमति दिने बताएका छन् ।
जनस्वास्थ्य मन्त्रालयले थाईल्याण्डको कोभिड १९ नीति निर्माण प्रशासन प्रयुथको अनुरोधमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचार गर्ने जनाइएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_QJWg0ZSVQz_8a0v0tj56vnpfjoi9j1d5xfeh8j7sgtpn15x4eust6jek7jgt3ctq8vvg6ne.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_6a5040Atoa_bl56ckqo5bsfynu2tmiwwftbju68gc66j797bn3wpemwh2lyhvlyaaiitswf.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_UvZS0lVllv_9tfjpm786jbgwpaoqslquudnksuzagjbqwov5wsxxvvanuchmznfhwttrvrb.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया