कांग्रेस प्रवक्ता शर्माले गरे महामन्त्रीको दाबीसहित २४ बुँदे अवधारणापत्र सार्वजनिक

Sharma_Bishwoprakash

Sharma_Bishwoprakash

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

अवधारणापत्रमा शर्माले पार्टीको १४औ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् । 

शर्माले स्थापनाकालमा विपी कोइरालालगायत अग्रजले देशसामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।

इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्काइसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर 'समयसापेक्ष सपना'का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।

'यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीले चिन्तन गर्नुछ,' अवधारणापत्रमा भनिएको छ ।

कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन