बरिष्ठ हास्य कलाकार केसीको निधन

काठमाडौं । हाँस्य कलाकार रमेश केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।
हर्के हवल्दारको टिमले बनाउन लागेको एक भिडियोको छायांकनका क्रममा मोटरसाइकलमा सुटिङस्थल पुगेका केसी बेहोस भएपछि अस्पताल लगिएको थियो । तर गंगालाल हृदयरोग केन्द्रमा पु¥याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको जनाइएको छ ।
केसीले आफू मदिरापान नगरे पनि जड्याहा पात्रको अभिनय गरेर उनले दर्शकहरुको मन जित्दै आईरहेका थिए।
मनहरि भण्डारीको गुम्सिएको ईन्साफ लगायतका नाटकबाट अभिनय गर्दै उनले लामो समय सांस्कृतिक संस्थानको कलाकारका रुपमा विभिन्न नाटकमा अभिनय गरेका थिए। उनले कयौं टेलिचलचित्रमा मुख्य पात्रका रुपमा अभिनय गरेका थिए।
वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।
यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।
उनको शव २ बजेसम्म आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पनि जनाइएको छ । त्यसपछि आजै अन्तेष्टी गरिने जनाइएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_tnLoiyrfX6_1umojbniqhp1z9zefzrr0macx9ivd4uifclqbqsdsocharijbnthwii3a1ey.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_ZwANMeu6UY_mrdyxcui8e6tmt9axqhfakpjmeny6e4ohqmuhjvphjrcy3rimjzkbhjjnu3h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_t8PggWaBT0_rfmvz6txt68qkqcmemqei27ziggr8d8ljsup1bquq03suttdupqaftms30xa.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_gmxzOY9wbo_tzz6ttdawwye85plrtgpqmras9zw5blhi4dpuc9j03fslh0ajlr42vueolhc.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Rhsr0jfaxk_uncwjcbz9kbgztm9ir1b8n8rjgrhbgjdqoxmcdikfmv9qqb4x9dewtj5vv54.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_UnFgKwQYrg_t2w0zuchlbrfb3wmmxmnzpquh52h5ovwwtspbvvz7sycptnodf98tzjrwlum.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_NmKFwANemP_ulhqngnbuvpg2fuv9x3lekd1vbjutzzt4hv3uxapxwkxzqczad7ivkat7uf2.jpg)
प्रतिक्रिया