अमेरिका बस्दै आएका सोलुखुम्बुका एकै घरका ३ जनाको आँधीमा परी मृत्यु

US_Nep

US_Nep

न्यूयोर्क । न्यूयोर्कमा आएको आइडा नामक आँधीमा परी ३ जना नेपालीको दुखद निधन भएको छ ।

अमेरिकाको न्यूयोर्क राज्यमा आएको पछिल्लो प्राकृतिक विपत्ति वर्षापछि घर भित्र पानी पसेर आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उनीहरुका १९ महिने छोरा लोप्साङ लामाको निधन भएको एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

नेपालको सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी स्थायी घर भएका उनीहरु हाल न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।

शाहले पछिल्लो समय अमेरिकाको न्यूयोर्क, न्यू जर्सी, लुजियाना लगायतका राज्यमा भारी बर्षा,आधीबेरी तथा बाढीका कारण धेरै धन जनको क्षति हुन पुगेको बताएका छन् । कयौं परिवार त्यसवाट प्रभावित भएको अवस्था छ । यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरुलाई पनि प्रभावित पारेको बताउँदै शाहले कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध गर्दै विपत्तिमा परेकालाई सहयोगका लागि अपिल समेत गरेका छन् ।

अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको जनाइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन