कोरोना बढेसँगै उपत्यकामा सभा सम्मेलन र जुलुस नगर्न प्रशासनको उर्दी (सूचनासहित)

COD_KTM

COD_KTM

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढ्ने बताएका छन् ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।

‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।


सूचनाः

KTM_Cdo

KTM_Cdo

 

प्रतिक्रिया

सम्बन्धित