सुरक्षाकर्मीबाहेक अन्य सरकारी सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

Umesh Shrestha

Umesh Shrestha

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्दै राज्यमन्त्री हुँदासम्म विभिन्न व्यावसायिक संघ संस्थाबाट पनि अलग हुने घोषणा गरेका छन् ।

सोमबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पारिश्रमिक, आवास सुविधा नलिने जनाएका छन्। त्यस्तै श्रेष्ठले आगामी एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन्।

श्रेष्ठले सुरक्षाकर्मी भने लिने जनाएका छन् । श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री हुन्जेल ती संघसंस्थाबाट अलग रहेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित