काठमाडौंमा ८५१ सहित देशभर थप २५६८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट १९८१ जना र एन्टिजेन परीक्षणबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १२ हजार ६३६ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ८ हजार ४०२ र एन्टिजेन परीक्षण ४ हजार २३४ भएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८५१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं जिल्लामा ५९४ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा १६६ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस अवधिमा देशभर २५६८ जना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २०२० जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । ्हा
लसम्म पिसिआर विधिबाट ६ लाख ९७ हजार ३७० जना र एन्टिजेन ६१ हजार ९३७ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ पुगेको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया