मकाउ एनआरएनमा प्रसाई नेतृत्वको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

No description available.

No description available.

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउले नव-निर्वाचित अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा बनेको कार्यसमितिले कार्यभार सम्हालेको छ ।

एनआरएन मकाउमा राजेश प्रसाईको अध्यक्षतामा प्रथम उपाध्यक्ष–बिजयराज अर्याल, द्वितीय उपाध्यक्ष–भिमसेन श्रेष्ठ (रुस्तमं), महासचिव–उत्तम गुरुङ, सचीव–शिव थापा (आशिष), कोषाध्यक्ष–निरन्जन खड्का, सह कोषाध्यक्ष–दिपक तामाङ र युवा संयोजक–अमृत गुरुङ निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष पुर्ण गुरुङले बिहिबार नव निर्वाचति कार्य समितिले पदभार ग्रहण गराउँदै कार्यभार सुम्पिएका हुन् ।

त्यस्तै नवनिर्वाचित कार्य समितिलाई आईसिसि प्रतिनिधिहरु शान्तीदेवी अधिकारी र मंगल बहादुर राईले नयाँ कमिटिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

No description available.

No description available.

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले सातौँ अधिवेशनको लागि निर्वाचन समितीको  जिम्मा दिए  अनुसार  आफुहरुले एनआरएनएको बिधानलाई आत्मसाथ गर्दै, एनआरएनएका केन्द्रिय आदरणिय ब्यक्तित्वहरू साथै मकाउमा रहेका सम्पुर्ण समाजसेविहरू तथा एनआरएनयका केन्द्रिय प्रतिनिधीहरूको सर–सल्लाह र बिचारहरू साथै बिधान बमोजिम राजेश प्रसाईको  नेत्रीत्वमा नयाँ कार्यसमितीको चयन गरेको निर्वाचन समिती सदस्य सिर्जन बाबा भाई (Lea Wai San)ले माइन्युजनेपाललाई बताए ।

सातौं अधिबेशनको निर्वाचन आयुक्त  विकेन जोशी, सदस्यहरु सिर्जन बाबा भाई, र चिरञ्जीवी पौडेल लगाएतले निष्पक्ष रूपमा कार्य गर्न हौँसला प्रदान गर्ने साथै सर–सल्लाह र सुझावहरू ब्यक्त मकाउमा रहने सम्पुर्ण ब्यक्तित्वहरू र केन्द्रिय नेत्रीत्वप्रती निर्वाचन समितीका तर्फबाट हार्दिक आभार  प्रकट गर्दै नयाँ कार्यसमितीलाई बधाई साथै मकाउमा रहनुहुने सम्पुर्ण नेपालीहरूसँग हातेमालो गर्दै एक ढिक्का भयर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त समेत गरेका थिए ।

सातौँ अधिवेशनको लागि निर्वाचन समितीको निर्बाह गरेको भुमिकाको सम्मान गर्दै गैर आवासीय नेपाली संघ मकाउका निवर्तमान अध्यक्ष पुर्ण गुरुङले निर्वाचन समितीलाई प्रमाणपत्र तथा मायाको चिनो समेत प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित