गायक रामकृष्ण ढकालको ‘कसैलाई आँशु’ गीतको भिडियो सार्वजनिक

silwnकाठमाडौं।  गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘कसैलाई आँशु’ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको यस गीतमा भगीरथ दाहालको शब्द रहेको छ भने एरेञ्ज रुपम सिंह गुरुङको छ । सरु सुवाल, अर्पित खड्का र राजेन्द्र मगरको अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी मनोज थापाले गरेका छन् भनै गीतमार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी सरु सम्भावना बोकेको मोडलको रुपमा हेरिएको छ । म्युजिक भिडियो गीत अनुसार मार्मिक कथामा तयार पारिएको निर्देशक थापाले बताए । भिडियोमा दाजु बहिनीको प्रेम, प्रेमिकाले आफ्नो रोग लुकाएर प्रेमिबाट टाढा भएको कथा र प्रेमिकाको मृत्युलाई भिडियोमा देखाउन खोजिएको छ । अमृत सुनुवारको छायांकनमा तयार भएको यस भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् । उक्त भिडियो शिवपुरी टेलिभिजन र एक्टर नेपाल नेटवर्कले संयुक्त निर्माण रुपमा गरेको हो ।भिडियोको लागि यहाँ हेर्नुहोस्

https://www.youtube.com/watch?v=Fvj2V2CwkVk

प्रतिक्रिया

सम्बन्धित