युरोकप उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्ने

इंग्ल्यान्ड । इंग्ल्यान्ड युरोकप २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो।
निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो।
अतिरिक्त समयको १४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलले अघि बढाएका थिए।
डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।
त्यसअघि खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो। उसका लागि मिक्केल डमसगार्ड फ्रिकिकमा उत्कृष्ट गोल गर्दा इंग्ल्यान्डको घरेलु मैदानमा रहेका दर्शक स्तब्ध बनेका थिए।
३९ मिनेटमा इंग्ल्यान्डले आत्मघाती गोलको मद्दतमा बराबरी गरेको थियो। बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए।
अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_YkTR1DcOfS_qhqbuf1lyutciqq9mppw5jif2dxvfysukqf59zptoarvpwrsriyfauw05szv.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_ucM3pFAYoV_mdes88hkqqqqujqrdaytppyjha4rtufe8p4tf2thchri26dp1gvabnjrf2jg.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_bsZz32P4hc_7uj2gupwwlgejesz4jtm1rsa2jeuwrzkqysjy7zfonzj1exqxxhhphtypabx.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_40WLDt4UMP_kihnjdicwnu9r11uuptnd0vn8ahomn2zap6e7us2b8ak3icvihpag7nilbd0.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_WJen1LQsnR_c64mifknvfssiyozhquc5k1aau5a8akb4r9jrkofictjp6qzdxbhofcjytoi.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया