राष्ट्रिय सभा बैठक अहिले बस्दै

rastriya sava

काठमाडौं । राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठक आइतबार (अहिले) दिउँसो २ बजे बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन,२०७७/०७८ पेस गर्ने तयारी छ ।

राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक असार १७ गते बसेको थियो ।

Comments

Top