हवाई उडान खोल्ने मन्त्रीपरिषद्को निर्णय (निर्णयसहित)

TIA

TIA

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द भएको हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ ।

मन्त्रालयले बुधबारसम्म आन्तरिक उडानको तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।

अब काठमाडौं – दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं– इस्तानबुलमा साताको २, काठमाडौं – दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौँ - दमाम रुटमा साताको २, काठमाडौं – कुवेतमा साताको दुई, काठमाडौं – मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौं - छेन्दु र ग्वाङझाओ रुटमा साताको एक/एक उडान हुने गरी सेवा खुला गरिएको छ ।

हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको इस्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौ/ दोहा सातामा ४ उडान हुनेछन् ।

 

हेर्नुहोस् मन्त्रिपरिषको निर्णय :

 

 

प्रतिक्रिया

सम्बन्धित