उपत्यकामा निषेधाज्ञा खुकुलो, आज यी पसलहरु खोल्न पाइनेछ

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ ।
आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ । त्यस्तै बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् ।
आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आज मंगलबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ADw387eoOO_dul9iqigzwka9ujw43jpld6yv52hqw5ct6ntiuyix1dgu6ngqquq1rtsg9j9.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_BzkbgCAbKX_4sysikpms5g2rjdmz7gwxixlojwuhtfwdkikgp0uiozlkzvcbxq46bbggpo1.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_KMIuyLDDCF_lvyutlae4mu0wrp3kvf58kegjyjxzqspojccrvkg2npgn0k62mnahj4vwmac.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_Oq537H5Q6B_pboqtelgxccgn4lr67qpjrms81ivrsuerbvznz6fop5trexqtnof4cj3g52r.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_jZeOnKI2CF_xzfdeoxekjggnfoveqnupsi7eq9ckpyufen7ioq5q3yvzfjeg2szx9fdnrwf.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_awGSVZKbHO_kbv2qsbzs9ertuwnytrvvca2ressfosipd8vt2himpfh4u9weljnxn3pwlpj.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_UJbZ5ffaZB_rlqxbtux9kqat2f68ldmoq5fhxi5utlinyylljlfhdcxhwsoru6mbdfbr25x.jpg)
प्रतिक्रिया