मेलम्चीको घाउमा काठमाडौं महानगरको मल्हम

काठमाडौं । काठमाडौं महानगरबासीको तीर्खाको प्यास मेटाएको सिन्धुपाल्चोकको मेलम्चीका लागि काठमाडौं महानगरले सहयोग गर्ने भएको छ ।
अविरलको वर्षापछि आएको पहिरोसँगैको बाढीका कारण मेलम्ची खोला र इन्द्रावती खोला आसपासका घरवस्तीका साथै बजार तहसनहस भएपछि काठमाडौं महानगरले २ करोड रुपैयाँ दिने घोषणा गरेको हो ।
बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा महानगरका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन् ।
महानगरले दिएको रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ । बाढीमा परि दर्जनौं मानिस सम्पर्क बिहीन भएको पनि जनाइएको छ ।

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया