दीपलाई संगीतकार संघले गर्यो २ लाख सहयोग

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पीडित गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँसहयोग गरेको छ । कोरोना संक्रमित भएपछि दुई साताको अस्पताल बसाइसकेर गायक श्रेष्ठ केही दिन अगाडिमात्रै घर फर्किएका छन् ।
कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्चस्वरुप संघको संगीतकर्मी कल्याणकारी कोषबाट उक्त रकम दिने निर्णय गरिएको संघका अध्यक्ष पारस मुकारुङले बताएका छन् । ‘संगीतकार संघको संगीतकर्मी कल्याणकारी कोषबाट आपद् विपद्मा परेका स्रष्टाहरूलाई अवस्था हेरेर सकेको सहयोग गर्दै आएका छौं’ अध्यक्ष मुकारुङले भने, ‘दीप दाइ कोरोना संक्रमित भएर अस्पतालमा धेरै समय बिताउनुभयो । उहाँको उपचार खर्च भनेर २ लाख रुपैयाँसंगीतकार संघको तर्फबाट सहयोगको घोषणा गरेका हौ“ ।’
संगीतकार संघले अहिले घरमा आराम गरिरहेका गायक श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघले यसअघि पनि स्रष्टाहरूलाई सहयोग गर्दै आएको छ । अध्यक्ष मुकारुङ समस्यामा परेका संगीतकर्मीहरूका लागि कल्याणकारी कोषको स्थापना गरिएकाले सबै संगीतकर्मीहरूलाई संघमा आवद्ध हुन आह्वान गर्छन् ।
उनी भन्छन्, ‘आपत्–विपद् कसलाई पर्छ भन्ने थाहा हुँदैन । त्यसैले सबै संगीतकर्मी साथीहरूलाई संघमा जोडिन् आह्वान गर्छु । कोही पनि स्रष्टा उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो उद्धेश्य हो ।’

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया