निर्वाचन आयोगद्वारा जसपाका दुवै अध्यक्षका ‘कारबाही प्रकरण’ अमान्य

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरेको छ । आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।
आयोगको आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गरेका थिए । पार्टीमा विवाद बढेपछि यादव र ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए । आयोगले दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको ठहर गरेको छ ।
एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगको निर्णय
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_HDG7VLRJDR_bfnklfn8is8wqpjy0yhlqebl3xantusam5ooh7ouwd8dj798lhwjfcqtpjlg.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_G3VBwelRob_zlxdukaemoly8nixqgfyys30uor8kh6i8krlpqeqvdzc669xo54bax01bgdp.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Xm9IlnCElw_cs4vkxi7vgqpslnmif1r9sg1v9tc9m9hnbpfixbmzkikby1oxuti9vtodayx.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_El8a03AmNm_joxkvtxr4wnb8v4eizu7ry8u4rceyvqah4ebkh1cucdqxyyn6kws8hidoqwu.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_ZGVukk1QkY_0y9xvgswdwrg4ywakugl9yqxpdfgfxq04nuazwha7cztdbkkjdczmtij55ps.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_xwfQvfhMxL_qhfxytyxv3nirmadl56a8mu4izn0gq3jzwg7refmzyqgeqfc1lmfu9w5dtma.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_KBuHQUUuLC_r7tj1ytih1yysogpkxuytm67fgzul8tt35lg70c3spwzsd5muqkjoxooywpm.jpg)
प्रतिक्रिया