राष्ट्रिय निबन्ध लेखन प्रतियोगिताबाट उत्कृष्ट १२ बालबालिका पुरस्कृत

Kabita

भक्तपुर । ‘बालबालिकामा सकारात्मक सोच विकास बिषयमा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गर्दै नतिजा सार्वजनिक गरिएको छ । भर्चुअलमाध्यमबाट कान्छी समाजसेवी प्रेन्शा रेग्मीको आयोजनामा शनिबार सम्पन्न निर्धारित कार्यक्रममा देशभरका विद्यार्थी भाईबहिनाहरुलाई निबन्ध प्रतियोगीतामा सहभागीता हुनको लागि आह्वान गरिएको थियो ।

समाजमा वृद्धवृद्वा आमाबुबालाई वृद्वाश्रम पठाइ रहेका बेला कान्छी समाजसेवी प्रेन्शा रेग्मीले बालबालिकाहरुको सकारात्मक सोचले वृद्वाश्रममा वृद्ध आमाबुबालाई नपठाएर घरमै राख्ने भुमिका खेल्छ भन्दै देशब्यापी निबन्ध प्रतियोगिता गरिएको कान्छी समाजिक अभियन्ता रेग्मीले बताइन् । कसरी बालबालिकामा सकारात्मक सोच बिकास गर्न सकिन्छ बिषयलाई उजगार गर्न निबन्ध प्रतियोगिता गराइएको उनले बताइन् ।

देशभरीबाट कक्षा ४ देखि ८, कक्षा ९/१० र ११/१२ गरि ३ समुहबाट ५९ जना सहभागीमध्ये उत्कृष्ट १२ जनालाई भर्चुअलमाध्यमबाट पुरुस्कार प्रदान गरिएको छ । समूह क अन्तर्गत प्रथम नितेश पाण्डे (काठमाडौ),द्वितीय सितल अधिकारी (ललितपुर),तृतीय रिभा न्यौपाने (मकवानपुर) र चौथोमा सन्तोष श्रेय बास्ताकोटी (चितवन) बिजेता भएका छन् । त्यस्तै समूह ख अन्तर्गत प्रथम विपना केसी (गुल्मी),द्वितीय स्नेहा पाण्डे (अर्घाखाँची),तृतीय सपना भण्डारी (पाल्पा) र चौथोमा अस्मिता बस्नेत विजेता बनेकी छन् ।

यस्तै समूह ग अन्तर्गत प्रथम पुष्पदिप बिश्वकर्मा (तेह्रथुम), द्वितीय मनजंग गुरुङ (लमजुङ), तृतीय मञ्जु तिमिल्सिना  (लमजुङ) चौथोमा नारायण पोखरेल (प्युठान) विजेता भएका छन् । हरेक समुहका प्रथम,द्वितीय,तृतीय र चौथो विजेतालाई पुरस्कार क्रमशः २०००, १५००, १००० र ५०० रहेको थियो ।

समापन कार्यक्रमका सहभागीहरुले बालबालिकाहरुलाई सचेतना गराउन सके देश समृद्धि तिर डो¥याउन सकिने धारणा राखेका थिए । भोली देशका कर्णाधार भनेकै बालबालिकाका हुन,उनीहरुमा सकारात्मक सचेतनाको बिकास गर्नु आवश्यक रहेको जोड दिएका थिए ।

कार्यक्रमको सभापति जेष्ठ नागरिक कोषका संस्थापक अध्यक्ष रामकृष्ण कर्मचार्यको साभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कर्ण सकारात्मक कोषका संस्थापक संरक्षक कर्ण शाक्य एवं विशिष्ट अतिथिमा बोधिसत्य स्वामी आनन्द अरुण आचार्य रहेका थिए ।

त्यसैगरि विशेष अतिथि एवं निर्णायक मण्डलमा नबराज काफ्ले, दामोदर रेग्मी ,बालकृष्ण थापामगर, यज्ञ राज शर्मा, प्रविण शाक्य, रामदेव पाण्डे र ईन्द्रराज भटटराई रहेका थिए ।

त्यसैगरि कर्ण सकारात्मक कोष,जेष्ठ नागरिक चौतारी र प्रेन्शा रेग्मी ट्रस्टले निर्धारित कार्यक्रमको लागि आवाश्यक सौजन्यता प्रदान गरेका थिए । सुवास खनालबाट प्राविधिक संयोजन गरिएको सो कार्यक्रम कान्छी समाजसेवी प्रेन्शा रेग्मिले सञ्चालन गरेकी थिइन् ।

Comments

Top