३५ अर्ब लाभकर नबुझाउने एनसेलको नयाँ ठगी धन्दा पर्दाफास

[caption id="attachment_24159" align="alignleft" width="300"]फाइल तस्बिर फाइल तस्बिर[/caption]

काठमाडौं । अर्बौं रुपैयाँ पुँजीगत लाभकर नतिरेको एनसेलले पल्सको अवधिलाई घटाउन पनि अटेर गरेको छ । नेपाल दूरसंचार प्राधिकरण उच्च स्रोतका अनुसार ऐनसेलले प्राधिकरणको निर्देशनलाई पालना गरेको छैन । प्राधिकरणले वैशाख १ देखि २० सेकेन्ड रहेको मोबाइलको पल्स अवधिलाई १० सेकेन्डमा झार्न निर्देशन दिएको थियो ।

पल्स अवधि  भनेको टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रति इकाई समय हो । सो निर्देशनलाई नेपाल टेलिकमले मात्र पालना गरेको पाइएको छ । अन्य कुनै पनि दूरसंचार कम्पनीले पल्सको अवधि नघटाएको स्रोतले आर्थिकन्युजलाई बताएको छ । प्राधिकरणको निर्देशन अनुसार कात्तिक १ देखि भने १ सेकेन्ड बनाउनु पर्ने छ ।

कुरै नगरी अर्बौं रुपैयाँ अशुल्न पल्केका केही टेलिकम कम्पनीहरूले आफ्नो नाफा घट्ने डरमा पल्सको अवधि घटाउने अटेर गरेका हुन् । पल्सको अवधि घटाउँदा टेलिकम कम्पनीहरूको नाफा घट्छ भने उपभोक्तालाई विनासित्ती पैसा तिर्नु पर्दैन। मुलुकका संचालन रहेका ६ वटा टेलिकम कम्पनी मध्ये सरकारी स्वामित्वमा संचालित नेपाल टेलिकमले मात्र पल्सको अवधि घटाएको बताइएको छ ।

पल्स भनेको मोबाइलमा कुरा गरेको समयको हिसाब निकाल्ने अवधि हो । हामीले मोबाइलमा कुरा गरेको समयलाई २०–२० सेकेन्डमा बाँडेर त्यसै अनुसारको शुल्क दूरसंचार कम्पनीहरूले अशुल्ने गर्छन् । हालको नियम अनुसार प्रत्येक २०–२० सेकेन्डको पैसा तिर्दै जानुपर्छ ।यस अनुसार यदि कुनै ग्राहकले २ सेकेन्ड मात्र कुरा गरेको छ भने पुरै २० सेकेन्डको पैसा तिर्नु पर्छ । १८ सेकेन्डको पैसा सित्तैमा अशुल हुन्छ, दूरसंचार कम्पनीहरूलाई । यदि कुनै ग्राहकले २१ सेकेन्ड कुरा गरेको छ भने ४० सेकेन्डको पैसा तिर्नु पर्छ । १९ सेकेन्डको अर्थात झन्डै आधा पैसा सित्तैमा अशुली रहेका छन् , दूरसंचार कम्पनीहरू ।यहि फाइदा हुने कारणले अर्बौं रुपैयाको पुँजीगत लाभकर नतिरेको एनसेलले पल्सको अवधि घटाउन पनि अटेर गरेको प्राधिकरण स्रोतले बतायो । ऐनसेलको अटेरीपन र कानून तथा नियामक निकायको निर्देशन नमान्ने प्रवृतिलाई इंगित गर्दै उनको प्रश्न थियो, ‘हैन यो ऐनसेल भनेको डामेर छाडेको साँढे हो कि क्या हो ? नत्र यसले चाहीं नियम कानून केहि मान्नु नपर्ने किन ? ’ टेलियासोनेराबाट एक्जियाटाले एनसेल किन्दा राज्यलाई तिर्नु पर्ने झन्डै ३२ अर्ब रुपैयाको पुँजीगत लाभकर एनसेलले अहिलेसम्म तिरेको छैन ।मुलुकमा नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम, युटिएल, एसटिएम र नेपाल स्याटेलाइट टेलिकम रहेका छन् । प्राधिकरण्को तथ्यांक अनुसार चार कम्पनीको आम्दानी जोड्दा नेपाल टेलिकम र एनसेलले गरेको जम्मा आम्दानीको १.४० प्रतिशत मात्र हुन आउँछ ।त्यसैले नेपाल टेलिकम र एनसेलले ग्राहकलाई सुविधा हुने पल्स अवधि नघटाउँदा सम्म अन्यले घटाएर ग्राहकले सुविधा पाउने छैनन् ।नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२र७३ को तथ्यांक अनुसार सबैभन्दा धेरै आम्दनी गर्ने दूरसंचार कम्पनीमा एनसेल रहेको छ । जसले गत आर्थिक वर्षमा जम्मा ५५ अर्ब ४२ करोड ९३ लाख १८ हजार ६ सय ३३ रुपैया ऐनसेलले कमाएको छ । नेपाल टेलिकमको एनसेलको भन्दा झन्डै १२ अर्ब कम अर्थात ४३ अर्ब ४४ करोड ७४ लाख १३ हजार ४ सय ९६ रुपैयाँ आम्दानी रहेको छ । यि दुई कम्पनीको आम्दानीको योगफल ९८ अर्ब ८७ करोड ६७ लाख ३२ हजार १ सय २९ रुपैयाँ हुन्छ ।तेस्रो स्थानमा रहेको स्मार्ट टेलिकमको आम्दानी १ अर्ब १० करोड ९३ लाख ९० हजार ५ सय ४८ रुपैयाँ  रहेको छ । अन्य तीन कम्पनीको भने अर्ब पनि पुग्न सकेको छैन ।आर्थिकन्युजबाट 

प्रतिक्रिया

सम्बन्धित