चीनबाट क्याप्टेन विजय लामा नेतृत्वले आज ल्याउँदै ८ लाख डोज खोप

May be an image of 1 person and indoor
काठमाडौं । नेपाल वायुसेवा निगमका बरिष्ठ पाइलट विजय लामा नेतृत्वको टिमले चीनबाट ८ लाख डोज खोप लिएर आज नेपाल आइपुग्दैछ ।
चीन सरकारले अनुदानमा दिन लागेको १० लाख खोपमध्ये ८ लाख डोज आज नेपाल आउने र बाँकी २ लाख डोज खोप तिब्बतबाट आउने जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने भएको हो ।
सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने जनाइएको छ । क्याप्टेन लामाले चीन प्रस्थान गर्नुपूर्व ककपिटबाट खोप लिन बेइजिङ जाँदै भनेर सार्वजनिक गरेका थिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया