‘हल्काहल्का लजाएर’ मा लजाउँदै करिश्मा र पूजा

काठमाडौं । चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर...’ बोलको गीत रिलिज भएको छ ।
संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन् । गीतलाई ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीतलाई बिहीबार रिलिज गरिएको छ ।
गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन् । ‘पहिलेका गीतहरू मिलन, बिछोड, पिरती, बियोगान्तसँग सम्बन्धित थिए’, उनले भने, ‘हल्काहल्का लजाएर... अलिक फरक शैलीमा छ ।’
संगीतकार श्रेष्ठले पनि गीत फास्ट बिटमा बनेको बताएका छन् । ‘गीतमा नयाँ प्रयोग गरेका छौँ’, उनले भने, ‘गीतबाट हाम्रो अपेक्षा ठूलो छ ।’ संगीतकार श्रेष्ठले दर्शक स्रोताहरूको चाहनाअनुसार गीत बनाइएको बताए ।
गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ । मिक्सिङ÷मास्टरिङ श्यामश्वेत रसाइलीको छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ ।
म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । सम्पादन विकास दाहालको रहेको छ ।
यसअघि, प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ...’ बोलको गीत रिलिज भएको थियो । ‘पुरानो घाउ...’कै टिमले ‘हल्काहल्का लजाएर...’ फास्ट बिटको गीत लिएर आएको छ ।
‘पुरानो घाउ’ले यूट्युबको ट्रेण्डिङमा एक हप्ताभन्दा धेरै समय स्थान बनाएर बसेको थियो । ‘पुरानो घाउ’बाट सफलता पाएपछि उत्साहित भएको यो टिमले अर्को महत्वकांक्षी गीत ‘हल्काहल्का लगाएर...’ ल्याएको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया