इन्जिनियरिङ कलेजको आइसोलेसनमा विरामी राख्न सुरु

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आइसोलेसन केन्द्रमा कोभिडका विरामी वस्न सुरु भएको छ । पहिलो पटक चाँंगुनारायण नगरपालिका वडा ६ खरिपाटी नगरकोटमा पसल भएका काभ्रेको मण्डन देउपुर नगरपालिकाका एक जोडी दम्पती वस्न सुरु भएको हो । अहिलेसम्म त्यहाँं चार जना विरामी वस्न थालेका छन् । अर्का दुई जना पनि एउटै परिवारका आमा छोरा रहेको जनाइएको छ ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले चाँंगुनारायण नगरपालिकाको व्यवस्थित एकान्तवास केन्द्र (कोभिड १९ आइसोलेसन सेन्टर) को रुपमा सञ्चालनमा आएको जनाए । केन्द्र राख्नका लागि नेकले आफनो कार्यक्रम हललाई प्रयोग गर्न दिएको उनले स्पष्ट पारे । चाँंगुनारायण नगरपालिका खरिपाटी भक्तपुर, बागमति प्रदेश नेपालले आइसोलेसन केन्द्रको वन्दावस्त गरेको उनले जनाए ।
आइसोलेसन केन्द्र केही दिन अगाडि नै तयार भएको थियो । तर पनि पानी र शौचालयको पर्याप्त व्यवस्था नरहेकोले विरामीहरु बुधबारदेखि मात्रै राख्न थालेको हो । हाल पहिलो चरणमा ४३ पुरुष र सात जना महिलाका लागि वेड तयार भएको छ ।
नेकको सहकार्यमा त्यहाँं आइसोलेसन केन्द्र राखिएको हो । त्यसको संयोजनको जिम्मेबारी नेकलाई दिएको छ । नेकले त्यसका लागि स्थानीय कर्मचारी मनोहर खनाललाई जिम्मेबारी सुम्पेको छ । जिम्मेबारीकर्ता खनालले विरामीले खानाको लागि आफूले नै पैसा तिर्नुपर्ने बताए । त्यसबाहेकका अरु सेवासुविधा निःशुल्क पाउने उनले स्पष्ट पारे ।
आइसोलेसन केन्द्रको सुरक्षाका लागि नेपाली सेना खटिने जनाइएको छ । त्यसका लागि जिल्ला प्रशाशन कार्यालय भक्तपुरले वन्दोवस्त मिलाइसकेको जनाइएको छ ।
बयसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरी आइसोलेसन केन्द्र तयार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया