नगरपालिकाले गर्यो २० शैय्यासहितको आइसोलेशन तयार

नवलपुर । गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई(दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए ।
दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगर प्रमुख पौडेलले बताए ।
नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ ।
नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्ररूपमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_MYMe0bFUD0_esfuqayehr966snmhhbgpcy2o6pegedqdqlsj7hjbtsg0u2pxc7sl6wvlnn2.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_CTEXhbfPU8_huvksvspap8z1qi2dqiqt85dqnbfm12ciksmepxiqtcl1xw9qgyi4eeaxijc.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_XlMPSxF2v7_5dgjqgbonwzye2slwzwh5nfqar50tuvpi3pm5cyw6n4jmi9kht2uvh6vkhdy.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_zCSareIdrl_inxlxsp7wezld50mbip5cikbfif69gvyxapfepr86ogjzyv5h5gjzcbwnuyb.jpg)
प्रतिक्रिया