मेडिसिटीको ७ रातको बसाइपछि मदनकृष्ण भन्छन्:‘पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो, तर हावा रहेछ जीन्दगी’

Madan

Madan

काठमाडौं । चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ नयाँभेरियन्टको कोरोना संक्रमणमुक्त भएका छन् । दोस्रोपटक कोरोना संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमणका कारण कमजोर महशुस भएपछि ११ बैशाखमा अस्पतालमा भर्ना भएका उनी शुक्रबार साँझ डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि कलाकार श्रेष्ठले भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले सुझाएका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोड्दिऊँजस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ। सबैले सबैको भलाई सोच्यौंभने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा ।’

उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँकेही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठीक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ, तर इनर्जी पावर शून्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’

आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको उनले बताएका छन् । आफ्ना छिमेकीजस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘यो समयमा सबैले प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ उनले कोरोनालाई हेलचेक्र्याइँनगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन