बालुवाटारमै पूजा गरेर चितवन पठाइयो राम र सीताको मूर्ति

काठमाडौं । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा पूजाआजा गरेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानु अघि विधिपूर्वक पूजाआजा गरेका हुन्।
रामको जन्मभूमि चितवनको अयोध्यापुरी भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम–सीताको मूर्ति राख्ने तयारी वर्षदिन अघि देखिनै गरेका थिए ।
तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो। उक्त मुर्ति प्रधानमन्त्री ओलीको आफ्नै खर्चमा बनाएको पनि बताएका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया