नयाँ दल दर्ता गर्दै माधव पक्ष, यी २६ सांसदले गरे हस्ताक्षर ! (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधव कुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । आगामी चुनावअघि नै पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि प्रक्रिया अगाडि बढाएको एमाले स्रोतले जनाएको छ ।
माधव पक्षीय २६ जना सांसदहरुले नयाँ पार्टी दर्ता गर्नका लागि सांसद पदबाट राजीनामा गर्नका लागि हस्ताक्षर गरिसकेको पनि जनाइएको छ । यसरी हस्ताक्षर गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई,पवित्रा निरौला,भवानी खापुङ,यज्ञराज सुनुवार,गणेशकुमार पहाडी,नारायणप्रसाद खतिवडा,जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन,विरोध खतिवडा,सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,सोमप्रसाद पाण्डेय,घनश्याम भुसाल,मेटमणि चौधरी,राजबहादुर बुढा क्षेत्री,ध्रुवकुमार शाही,भीम रावल,यज्ञबहादुर बोगटी, झपट रावल,मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,कल्याणीकुमारी खड्का,मायादेवी न्यौपाने र लक्ष्मीकुमारी चौधरी रहेको जनाइएको छ ।
पार्टीको नाम र चुनाव चिन्हबारे आन्तरिक रुपमा छलफल भइरहेको छ। एमालेभित्रका आफू पक्षधरको समानान्तर कमिटी गठनलगायतका काम पूरा भएपछि नेपाल समूह पार्टी दर्ता गर्ने तयारीमा रहेको जनाइएको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_CzcWZblzVl_fzpkfchftymxaxrj19q8kcspcvrez1ryy8hcxhm8nnlnyaupqnw2kj02zqah.jpg)
प्रतिक्रिया