गृहमन्त्री बादल मन्त्री र सांसदबाट पदमुक्त, आजै सपथ खुवाउने तयारी

Badal
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल सांसद रहेका छैनन् । सांसद नरहेसँगै उनी तत्कालको लागि गृहमन्त्रीबाट पनि पदमुक्त भएका छन् ।
गृहमन्त्रीमा पुर्नबहालीका लागि उनलाई प्रधानमन्त्रीले राष्ट्रपतिको उपस्थितिमा पुनः सपथ खुवाउनुपर्ने प्रावधान रहेको छ ।
राष्ट्रिय सभा सचिवालयले आज (आइतबार) देखि गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।
सचिवालयको पत्र पछि बादललाई पुनः आजै साँझसम्म सपथ खुवाउने तयारी गरिएको पनि स्रोतले जनाएको छ । बादललाई आज साँझ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ खुवाउने जनाइएको छ ।
यसअघि माओवादी केन्द्रले आप्mना प्रतिनिधि सभाका चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेसँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले पुनः सपथ खाएका थिए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया