माधव पक्षका चार सांसदले जोगाए शाहीको सत्ता, अहिल्यै कारबाही गर्ने तयारीमा एमाले

Karnali_MN

Karnali_MN

सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।

प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

त्यस्तै पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ । कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले पार्टीको निर्णयविपरित प्mलोर उल्लंघन गर्ने सांसदलाई आजै कारबाही गरिने बताए ।

माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

“पार्टीको ह्वीप उल्लंघन गर्नेलाई आजै कारबाहीको सिफारिस गरिनेछ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन