मनकामना जाँदै हुनुहुन्छ ? भोलीदेखि सञ्चालनमा आउने भयो केबुलकार

कुरिनटार । मनकामना दर्शन प्रालिले आगामी सोमबारबाट मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आउने जानकारी गराएको छ । कम्पनीले यसअघि ३१ चैत (मंगलबार)बाट केबलकार सुचारु हुने जानकारी गराएको थियो ।
कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न हुने भएकाले निर्धारित मितिभन्दा एक दिनअगावै केबलकार सञ्चालनमा आउने जानकारी दिएको हो ।
मनकामना केबलकारले २३ वर्षअघिबाट सेवा सुरु गरेको हो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने रणनीति लिएको कम्पनीले जनाएको छ ।
हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबुल लट्ठा बदल्ने, सञ्चार केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी अत्याधुनिक प्रविधियुक्त बनाउने कम्पनीले तयारी थालेको छ ।
यी तीन चरणमा काम गर्न २ वर्ष समयावधि चाहिने र नयाँ प्रविधिसहित २५औं बार्षिकोत्सव मनाउने तयारी गरिएको कम्पनीले जनाएको छ। यो बीचमा नियमित मर्मत सम्भार र अन्य कामका लागि पटकपटक सेवा अवरुद्ध हुनसक्ने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका कार्यकारी सञ्चालक राजबाबु श्रेष्ठले यसबीचमा पनि सेवा सञ्चालनलाई अधिकतम् सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_6coIjhYojq_uwdbdnmveaqigxn3jmth76vyx0yg6gdtjs74yjnuwdnduw6nvmmg8lga2gbt.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_JnHY6av97c_kn2y7xkwlzgzodzok02fpbcnzk7xcksyax0xtoywa23vje7jrbmvvcdqcmjq.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_W07vxvO7ws_wdtdaffgddhxcqrql15inkruybf8v0ni7fdc4qujrdugzhetv17by6wd9fic.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_Id13mV2teA_w9omgdafdebkcdflziou8audvdqhlikdlwwedwm2ecd6johfp9zf9pffzzo1.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_PNBiIJZQVU_bithkfucmbnpkeoj4lq0dj6wadq2jaut0mbaujenmwwpdtnss3gqk8evtr4g.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_JDFP5yjoW3_5evpzisiydzqqp1u3gw9l3qfb1zqlkqbdazusdpa3qrpbzhwtwf6dmmfeaof.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_xe6hIjbKHL_93x9qhrzcqqeey3kkjhab2ywfhn2u8cebuawflbqfho8i75eamdw8fzgh4zh.jpg)
प्रतिक्रिया