भक्तपुरमा क्योकुशिन कराते प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुरमा पाँचौं राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट क्योकुशिन सेइसीन कराते सुरु भएको छ । नेपाल क्योकुशिन—सेइसिन कैकान कराते एसोसिएसन तथा आशापुरी डोजोद्वारा भक्तपुर सुर्यविनायक योयो ब्याङ्क्वेटमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरियो ।
सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष श्रीभक्त कसिकवाको बिशेष आतिथ्यतामामा सम्पन्न कार्यक्रममा उक्त प्रतियोगिता दुईदिनसम्म चल्ने जानकारी दिइएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल क्योकुशिन–सेइसीन कैकान कराते एसोसिएसनका अध्यक्ष अशोक कुमार श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा साथै नगरका जनप्रतिनिधिहरु, समाजसेबीहरु विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । शुक्रबार र शनिबार दुई दिन चल्ने उक्त प्रतियोगितामा विभिन्न तौल समुहमा सातै प्रदेशका १०० जना भन्दा बढी खेलाडीहरु सहभागी रहेका छन। कार्यक्रम संयोजक आशापुरी डोजोका सुर्य लामा रहेका छन्।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया