मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी बिषयक गोष्ठी सम्पन्न

भक्तपुर । ६४औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले यस बर्षको लागी राष्ट्रिय सहकारी महासंघवाट तय गरिएको थिम “मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी” बिषयक गोष्ठी सूर्यबिनायक नगरपालिकाका उपमेयर जूना बस्नेतको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न भयो ।
उपमेयर बस्नेत ज्यूको बाहुलीवाट पानसमा दीप प्रज्ज्वलीत गरी समुद्घाटन भएको उक्त गोष्ठीमा उपमेयर बस्नेतले आफु पनि सदस्य भई कारोवार गर्दै आएको यस संस्था जिल्लाको मात्र नभई नेपालकै उत्कृष्ट सहकारी रहेको तथा अन्तराष्ट्रिय ब्राण्ड समेत प्राप्त गर्न सफल नमूना सहकारी रहेको चर्चा गर्नु हुदै एउटै कार्यक्षेत्रमा धेरैवाट सहकारी रहेकोले सहकारी सहकारी बीच मर्ज आवश्यक रहेको बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद कासुलाले यसबर्षको थिम मर्यादित व्यवसाय र प्रबिधीमा सहकारी बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्षनिर्मला सुवालले उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत गरेकी थिइन् ।
संस्थाका कर्मचारी चलिला कर्माचार्यले संचालन गरेको कार्यक्रममा सचिव पुष्पलाल तिमिलाले धन्यवाद मन्तव्य दिएका थिए भने कोषाध्यक्ष बलराम जु श्रेष्ठले संस्थाको हाल सम्मको प्रगति बिवरण र संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले समसामयिक मन्तव्य दिए ।
एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ फागुन मसान्त सम्ममा ८,२८१ सदस्यहरुवाट रु १ अर्व २४ करोड ६१ लाख १४ हजार चार सय पचिस रुपैयाको कारोवार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले जानकारी गराए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_kC8XBRnC51_xezlotnv2tqmb1s2jbch5ww6vyr6aki3j7pvosx8z3ptgnxll6moedebn2sr.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_lH0FqVOaGW_qiighkegc0jofttblj7joiqbfljbbhi1rmfu0twjuwas5m1kpzrfumzo7xpj.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_qa3CSTNXEf_iyynooora9qntk0cbqzetcelssx2v36whvkn69ehck2epyfzmkyfbqihvjc3.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_t0uymY3Nou_yzp6gzose6s3xdvqajsskl2s2kao9wxqlelvht1fswvr5287okalqfkjvsdn.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_M0B6PKxpTR_wm9leadmt4gciiy63of9o6jh6idmwo31x4o1csud9netrjbrm4xsl8bpazny.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_fQwJRXlcbU_o5znglxwavxf808prjrqeifbxu68iyybnxfjzljkxdenzqfb9bqkjzarogdh.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_OjfmeVCipp_c5ycmxbkndbninrxbv8m7daefj9k2sgbwaw5imxshduzsxoi5pltwv4tidk3.jpg)
प्रतिक्रिया