निर्वाचनमा बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती आफूहरु बाटै भएको भन्दै आत्मआलोचना गरेका छन् ।
मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गर्दै दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गरे ।
सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमान्दारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिवद्धतासमेत जनाए । एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’
प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ ।’

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया