पार्टीहितविरुद्ध समानान्तर कमिटीमा बस्नेलाई कारबाही गर्ने एमाले सचेतकको चेतावनी

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्ने र समानान्तर कमिटीमा रहनेहरुलाई कारबाही हुने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँगै आफ्नो धारणा राख्दै उनले भने, ‘जसरी नेतृत्वका केही व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेहरु समेतलाई कारबाही गर्ने दिशामा पार्टी अघि बढ्छ ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाटै निलम्बन गरिरहेका छन् । यी चार नेतालाई जस्तै समानान्तर गतिविधि गर्नेहरु कारबाहीमा पर्ने प्रमुख सचेतक भट्टराईले चेतावनी दिए ।
उनले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्नेमा यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टी कारबाहीको विषय बन्छ । समानान्तर कमिटी गठन गर्ने कुरा कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया