देशलाई अगाडि बढाउन जनतामाझ जानै पर्छः प्रधानमन्त्री ओली

KP-OLI-1

KP-OLI-1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् ।

रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनावमा नभइ देश अघि बढ्नै नसक्ने बताए ।

उनले भने, ‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो । देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित