मिस इको इन्टरनेशनलका लागि इजिप्ट उडिन् अनुश्मा

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की बिजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी हुन् ।
६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए ।
२१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उदेश्य सहित आफु सहभाग िहुन लागेको बताइन् ।
१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियो सहित त्यस तर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।
‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगीताको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन्

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया