नारायणगढमा खुल्यो 'प्रेसिडेन्ट तास बजार'

चितवन । चितवनकाे नारायणगढमा ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा आएको छ । तासको राजधानीको रुपमा रहेको चितवनमा तासकै विभिन्न परिकार लक्षित तास बजार ल्याइएको जनाइएको छ ।
खानाका स्वादका पारखीहरुलाई लक्षित गर्दै ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सोमबारदेखि नारायणगढको मुटु पुलचोकमा प्रेसिडेन्ट तास बजार सञ्चालनमा आएको हो ।
विभिन्न सामाजिक उत्तरदायित्वलाई बहन गर्दै आफ्नो शाखा शुभारम्भ गर्ने प्रेसिडेन्ट ग्रुपको अभियान अन्तर्गत यो पटक विपन्न चेपाङ समुदायका बालबालिकालाई सामुहिक दिवाभोज सहित उद्घाटन गरिएको छ । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित कक्षा १० मा पढ्ने सिमरन चेपाङ, कक्षा ८ मा पढ्ने हेमकुमार चेपाङ, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके एवं ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शङ्कर भण्डारीले संयुक्त रुपमा रिबन काटेर प्रेसिडेन्ट तास बजारको उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटनका क्रममा सिमरन चेपाङले यसअघि आफूहरु रेष्टुरेन्ट गएर कहिल्यै त्यहाँका खानाको स्वाद चाख्न नपाएको भन्दै यहाँ आएर खान पाउँदा खुसी व्यक्त गरिन् । उनले यसरी आफूहरुलाई नौलो परिकारको स्वाद दिलाउँदा चेपाङ समुदायकै उत्थानमा समेत टेवा पुग्ने बताइन् । सो अवसरमा चेपाङ बालबालिकाले किताबमा पढेका कुरा रेष्टुरेन्टमै आएर व्यवहारिक रुपमा खानासँगै हेर्न र सिक्ने अवसर प्रेसिडेन्ट ग्रुपले दिएकोमा धन्यवाद दिएका थिए ।
‘चितवन खसीको तासको राजधानीको रुपमा परिचित थियो’ भण्डारीले भने, ‘यसको विविधिकरण हुन सकेको थिएन, हामीले तास बजारमा तासका विभिन्न १५ वटा परिकार पस्केका छौँ ।’ नारायणगढ शाखामा आफूहरुले ल्याएको नयाँ परिकारले ग्राहकको मन जित्नेमा आफूहरु विश्वस्त रहेको भण्डारीले बताए । ‘हामीले मांशाहारीलाई मात्रै नभइ शाकाहारीलाई समेत लक्षित गर्दै तासका परिकारसमेत ल्याएका छौँ’ उनले भने, ‘शाकाहारीका लागि लक्षित गर्दै बेबीकर्न तास, मकैको तास, आलुको तास, मिक्स भेज तास, पनिर तासलगायतका परिकार लिएर आएका छौँ ।’ त्यसैगरी, मटन तास, ह्याकुला तास, कलेजो तास, राजखानी तास, चिकेन तास, चिकेन पाङ्ग्रा तास, चिकेन पँखेटा तास, अण्डा तास, मःम तास, माछा तास यहाँको थप आकर्षक परिकार भएको उनले बताए ।
पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनमा पहिलो पटक कुखुरा तथा अण्डाको तासका परिकारसमेत उपलब्ध गराइने भण्डारीले बताए । पोल्ट्रीजन्य पदार्थको तास निर्माण गरिदा यसले पोल्ट्री क्षेत्रको प्रबद्र्धनमासमेत महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । झण्डै साढे १ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको ‘फाईन डाइनिङ तास बजार रेष्टुरेन्ट’मा नेपाली, इन्डियन, कन्टिनेटल, चाइनिज र इटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहकले पाउने भण्डारीले बताए ।
यसअघि भण्डारीले चितवने ग्राहकलाई लक्षित गर्दै भरतपुर ओरालोमा दुई वर्ष अगाडिदेखि प्रेसिडेन्ट सेकुवा सञ्चालनमा ल्याएका थिए । भरतपुरमा सञ्चालित सेकुवाको वास्तविक स्वाद र विभिन्न परिकारको फरक पहिचान दिएकाले तास बजारले समेत त्यस्तै पहिचान दिलाउनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् । नारायणगढमा सञ्चलित प्रेसिडेन्ट तास बजारको बार्तलीबाट शान्त मनोरम नारायणगढ बजार क्षेत्रको दृश्यालोकन गर्न सकिन्छ ।
खानाको स्वच्छतामा यतिबेला नेपालीहरुको विशेष ध्यान जान थालेको बताउँद प्रबन्ध निर्देशक भण्डारीले भने, ‘हामीले गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकमैत्री किचेनका साथै हरेक परिकार तथा क्षेत्रमा हाइजिन मेन्टेन गरेका छौँ ।’ विभिन्न संघसंस्थाले आफ्नो पार्टी तथा विभिन्न मिटिङ, गोष्ठी सेमीनार गर्न मिल्नेगरी एसी रुम तथा मिटिङ हलको व्यवस्था रेष्टुरेन्टमा गरिएको छ । विसं २०६३ सालबाट सञ्चालनमा आएको ग्रुपले काठमाडौँमा आठ, चितवनमा दुई, लुम्बिनीमा एउटा होटल सञ्चालनमा ल्याएको छ । साथै निकट भविष्यमा चितवनको सौराहा र पोखरामा समेत आफ्नो नयाँ शाखा विस्तार गर्ने जनाएको छ ।
नारायणगढ क्षेत्रबाट रेष्टुरेन्टहरु विस्थापित भइरहेको अवस्थामा आधुनिक शैलीमा तासका परिकार लक्षित तास बजारले चितवने ग्राहकसँगै मध्यनेपालका ग्राहकको मन जित्ने होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बताए । उद्घाटन कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु बराल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेल, गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, पत्रकार राजेन्द्र आचार्य लगायतले बोलेका थिए ।
यसैबीच, प्रेसिडेन्ट तास बजारको उद्घाटनका अवसरमा गामबेशीका चेपाङ संरक्षण केन्द्रमा आश्रित करिब दुई सय जना बालबालिकालाई तीन महिनाका लागि रु एक लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको ग्रुपका कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए । चेपाङ बालबालिकाका उत्थानका लागि लामो समयदेखि अभियान सञ्चालन गरेर उनीहरुलाई पढाउँदै आएका गामवेशी चेपाङ संरक्षणका अध्यक्ष केपी किरण शर्मालाई सम्मान गरिएको भण्डारीको भनाइ छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया