घिमिरेको निर्देशनमा ‘आँधी तुफान २’ बन्दै

काठमाडौं । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल घोषणा गरिएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् । अघिल्लो फिल्ममा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।
यसको दोस्रो भागमा आरती आचार्य, पुनम गौतम र यांसु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । उनीहरूले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेका हुन् ।
मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा मुख्य नायकमा सञ्जय खतिवडा छन् । मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतमलगायतको पनि अभिनय रहनेछ ।
चैतबाट छायांकन सुरु हुन लागेको फिल्मका प्रस्तुतकर्ता मौनता श्रेष्ठ हुन् । उनले नै फिल्मको कथा लेखेका हुन् ।
रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी, हरि उप्रेती र दिनेश सुवेदीको गीत लेखन रहने ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने निर्देशक घिमिरेले माइन्यूजनेपाललाई बताए ।
‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल फिल्म बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट फिल्म बनाउने प्रयास गर्नेछु,’ घिमिरेले भने । नारी एक्सनलाई केन्द्रमा राखेर बनाउन लागिएको चलचित्र फरक धारको हुनेमा आफू विश्वस्त रहेको घिमिरेले बताएका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_l7OH8xJDhm_qb2bskndjgakuorljplsixljhr4sxh4iixeywvvjp3c8dmjaaqjrwqrbueh4.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_9IsWVBjNhk_mikfsjjzymcs2kmjhmcbv7ogbrr4fyjpxmkxoi4oqnxy5270wrmpxl3kq478.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_SLhNBFP4M7_l3kudemewkyxsagc9jizobtw4b23pgg45vlb4avzqeul3w5hi1fx2kagwetb.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया